images
images
  • रुपन्देही जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट समेत पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा अनुसन्धानका लागि हाल लामिछाने जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् ।

    प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ । उनी गत कार्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै