
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताएका छन् ।
शुक्रवार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली काँग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताए । उनले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरेपनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको बताए ।
उनले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली) ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताए ।
उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरू बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्