images
images
  • एमाले र काँग्रेसले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।

    शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस मिलेर बनाएको उल्लेख गर्दै काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए ।

    प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र काँग्रेसले असाधारण योगदान गरेको बताए । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे ।

    उनले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताए । प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशत भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै