
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गरेका छन् ।
मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा भक्तपुर सूर्यविनायक निवासी साहित्यकार छन्दविज्ञान निरौलाद्वारा लिखित ‘सगरमाथाको काखबाट इतिहास नियाल्दा’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
“जे गरौँ, जताबाट गरौँ, जसले जे गर्न सक्छ सो आफ्नो ठाउँबाट गरौँ, देश र जनताको हितका लागि काम गरौं,” अध्यक्ष नेपालले भने, “हामी सबैको फरकफरक क्षमता दक्षता छ, त्यही दक्षता र क्षमताअनुसार देश र जनताका हितमा काम गर्ने हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्