
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख गिर्यो भन्नेहरु कसैद्वारा परिचालित भएको जिकिर गरेका छन् ।
उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताएका हुन् ।एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले भने– ‘केपी ओलीको पहिलेको साख गयो, खत्तमै भयो, माटोमा मिल्यो भनेर कराएका छन । औषधि बेच्ने कराउथ्यो उहिले, त्यसै गरेर कराएका छन् । केपी ओलीको साख झ-यो । यिनको काम त्यो हो । त्यसका लागि नै यिनीहरु यहाँ जन्मेका हुन्, जन्माइएका हुन् । यी खटेका छन, खटाइएका हुन् । त्यसकारण यो भ्रममा नपरौं । जनताको त्यत्तिको सचेत छ, नबोलेको हो । नेकपा एमालेले अव सभाहरु गर्दै जान्छ, त्यतिबेला हेरौं–नेकपा एमालेको साख घटेको छ कि छैन ? २०८४ को निर्वाचनमा हेरौं–नेकपा एमालेका साख घटेको छ कि छैन ? केपी ओलीको साख घटेको छ कि छैन–२०८४ को निर्वाचनमा हेरौँ । कसलाई मन पर्छ, पर्दैन । तर हामी त राष्ट्रिय राजनीतिकलाई ड्राइभ गरिराखेका छौँ त ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्छ भनेर विपक्ष दलहरुले जनतामा भ्रम छर्ने कोशिस गरिरहेको पनि दोहोर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्