images
images
  • फ्यूचर अफ होप नेपालद्वारा बाढी प्रभावितलाई न्यानो कपडा वितरण

    सिन्धुपाल्चोक । फ्यूचर अफ होप नेपालले जुगल गाउँपालिका वडा नम्बर १ कुने गाऊँका १५ परिवारलाई न्यानो कपडा (फाइबर सिरक) र २२ जना बालबालिकाहरुका लागि ज्याकेट वितरण गरेको छ ।

    असोज ११ र १२ गते गएको अविरल वर्षासंगै आएको बाढीबाट प्रभावित परिवारलाई बुधवार संस्थाले फाइबर सिरक र बालबालिकाहरुका लागि ज्याकेट वितरण गरेको हो ।

    बाढी प्रभावितहरुलाई राहत वितरण गर्नमा पत्रकार चित्र कुमार मिजार, निरोज तोलाङे र कान्तिपुर दैनिक जिल्ला संवाददाता अनिश तिवारीको संयुक्त पहलमा सम्भव भएको हो ।

    फ्यूचर अफ होप नेपालका संस्थापक अध्यक्ष समाजसेवी अनिला थापा र संस्थाका विपद व्यवस्थापन निर्देशक समाजसेवी कवि थापा, पत्रकार चित्र कुमार मिजार, निरोज तोलाङे र कान्तिपुर दैनिक जिल्ला संवाददाता अनिश तिवारीले बाढी प्रभावितहरुलाई फाइबर सिरक र ज्याकेट वितरण गरेका हुन्।

    स्थानीय अगुवा तथा पहिरो प्रभावित चन्द्र विशुन्केले सहयोगी संस्थालाई धन्यवाद दिनुहुँदै पिडामा रहेको बाढी पीडितहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेर संस्थाले प्रशंसनीय कार्य गरेको बताए।

    संस्थाका विपद व्यवस्थापन निर्देशक समाजसेवी कवि थापाले पहिरो प्रभावितहरुको मुहारमा खुसी बाँडन पाएको बताउनुभयो । उनले प्राकृतिक विपत्तिले निम्त्याएको दुःखमा थोरै भएपनि त्यो पीडामा मलमपट्टी लगाउन पाउँदा आफूहरु निकै खुशी भएको बताए ।

    चिसोबाट बच्नका लागि प्रदान गरिएको न्यानो लुगा पाएपछि निकै खुशी र राहत मिलेको पौरे सार्कीले बताए। उनले भने, “चिसोमा ओढ्ने लुगा थिएन, आज पाएँ न्यानो हुने भयो, खुशी छु ।”

    पहिरोले जुगल गाउँपालिका कुने गाउँको ३ घर पुर्ण रुपमा पुरीएको थियो । पहिरोले पुरीएर ४ जनाको मृत्यु भएको र पुरीएका मध्ये २ जना अझै बेपत्ता भएको जनाइएको छ भने १० घर परिवार विस्थापित भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै