images
images
  • एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर उम्मेदवार

    एमाले कीर्तिपुर नगर कमिटीको शुक्रवार बसेको बैठकले डा.मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिए । डा.मानन्धर एमाले केन्द्रीय सदस्य समेत रहेका छन् ।

    नगर कमिटीबाट सिफारिस भई आएको नामलाई जिल्ला कमिटीले अनुमोदनका लागि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।

    नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाको नगर प्रमुख(मेयर) पदको उम्मेदवारमा डा.सुरेन्द्र मानन्धरलाई सिफारिस गरिएको छ । आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमाले कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।

    २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिका मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ध्रुव महर्जनलाई मेयरको उम्मेदवार बनाइसकेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै