images
images
  • तीव्र गतिको बाइक नालामा खस्दा युवकको मृत्यु, क्याम्पसको कार्डबाट खुल्यो परिचय

    काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक २२ वर्षका युवकको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा पर्ने बन्दीपुर गाउँपालिका-५ मा आज बिहान प्रदेश २ को ९९४२ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भई हाल तनहुँको व्यास नगरपालिका-२ दमौली बस्ने २२ वर्षीय सुमित साह छन् । उनी व्यास नगरपालिका-१ भादगाउँ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययरत थिए ।

    तीव्र गतिको मोटरसाईकल अनियन्त्रित भई नालामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए । मोटरसाइकल सडकबाट १५ मिटर तल खसेर मृत्यु भएको अवस्थामा साहको शव फेला पारिएको पासवानले बताए । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै