images
images
  • एकैदिन अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त

    काठमाडौं- दुई शक्ति राष्ट्र चीन र अमेरिकाका लागि एकै दिन नेपालका राजदूत नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि राजदूतमा नियुक्त गरेका हुन् ।

    उता लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ओलीलाई चीन र रेग्मीलाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै