images
images
  • पूर्वमन्त्री मनाङे कारागार चलान

    काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

    मनाङेको मुद्धामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

    सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ । राजधानीको सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै