images
images
  • बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ ।

    शुक्रबार (आज) साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

    अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।

    निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत्‌ राखेको छ ।

    यस्तो छ नयाँ मूल्यः

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै