images
images
  • दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् ।

    सिहंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उनले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिए ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताए ।

    “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”, प्रवक्ता तिवारीले भने,“लामो दूरीका सवारी साधनमा दुईवटा चालक, यात्रुवाहक बसहरूमा टिकट अनिवार्य गरे/नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”

    मन्त्री लेखकले जोखिम रहेका सडक तथा राजमार्गहरू तत्काल मर्मतसम्भारमा ध्यान दिन पनि सम्बन्धित मन्त्रालयका अधिकारीहरुलाई आग्रह गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै