images
images
  • रविलक्षित प्रधानमन्त्रीको टिप्पणी : ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरूलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

    शुक्रवार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उनले सरकारले ठगी र अपराध गर्नेहरूलाई नसहने चेतावनी दिए ।

    प्रधानमन्त्री ओलीले भने ‘आफैँ सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सैह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सैह्य हुनेछैन । कुनैपनि प्रकारको मानव तस्करी सैह्य हुनेछैन । नेकपा एमाले र अहिलेको सरकारले जोसुकै होस्–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु । कुनैपनि खालको अपराध, अराजकताहरू जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरूलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु ।’

    प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहोर्याए । उनले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडौँ रकम राखेको भन्नेहरूले प्रमाण ल्याउन पनि चुनौती दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै