images
images
  • प्रतिनिधिसभाका सचिव अधिकारीद्वारा पाँच महिनामै राजीनामा

    काठमाडौं– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले आइतबार राजीनामा दिएका छन् । नियुक्तिको ५ महिनामा नै उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

    उनी नेपाल सरकारका पूर्वसचिवसमेत हुन् । उनलाई संसद् सचिवालयको भावी महासचिवका रुपमा हेरिएको थियो । अधिकारीले किन राजीनामा दिए भन्ने केही खुलाइएको छैन ।

    उनलाई गत जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

    पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई भने एमालेको जोडबलमा अघि बढाइएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै