images
images
  • काठमाडौं महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानापत्र

    काठमाडौं – काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ ।

    भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि सोमबार महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।

    आइतबार एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।

    जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।

    महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्वीकार गर्दै आएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै