images
images
  • एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति, मुद्दा नचलाइने

    काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने भएका छन् ।

    कोशीका निवर्तमान कानुन मन्त्री समेत रहेका मन्त्री अधिकारीमाथि मुद्दा नचलाउने निर्णय भएसँगै उनले उन्मुक्ति पाउने भएका हुन् ।

    सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्व मन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

    एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउ गरेका थिए । जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप लागेको थियो ।

    तत्कालीन मन्त्री अधिकारीसँग जापान गएका ३ जनाले आफूहरूले १० लाखदेखि १४ लाखसम्म पैसा तिरेर गएको प्रहरीसमक्ष बयान दिएका छन् । सांसद अधिकारी मानव तस्करी प्रकरणमा संलग्न नभएको पाइएको प्रहरीले जनाएको छ ।

    उनले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको पनि देखिएको बताइएको छ । यस्तै अधिकारीले नै जापानको अध्यागमन कार्यालयमा असम्बन्धित व्यक्तिलाई डिपोर्टका लागि पत्र पठाएको पाइएको छ । जिल्ला सरकारी कार्यालयले एमाले सांसद अधिकारी निदोर्ष रहेको बताएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै