काठमाडौं – प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ ।
प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो ।
काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१-८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ ।
दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्