images
images
  • त्रिभुवन विमानस्थलबाट ४ महिनामा सवा ५३ अर्बको वैदेशिक व्यापार

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार महिना (साउन–कात्तिक) अवधिमा सवा ५३ अर्ब रुपैयाँ बराबर वैदेशिक व्यापार भएको छ।

    काठमाडौं विमानस्थलबाट ४० अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। जुन कुल आयातको ७.९७ प्रतिशत हो। यस वर्ष पहिलो चौमासिकमा ५ खर्ब १३ अर्ब बराबर वैदेशिक व्यापार भएको छ।

    यो विमानस्थलबाट चार महिनामा १२ अर्ब ३५ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ। तेस्रो मुलुकमा वस्तु निर्यात गर्न त्रिभुवन विमानस्थल बढी प्रयोगमा आउने गर्छ। कुल निर्यातमा काठमाडौं विमानस्थलको हिस्सा २३.४५ प्रतिशत छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै