काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ । आज बसेको बैठकले उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो। विद्युत नियमन आयोगको पत्र अनुसार वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाटिने निर्णय भएको हो ।
यसअघि प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेको थियो। तर अब नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएसँगै समितिले पनि लाइन नकाट्ने निर्णय गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)





















प्रतिक्रिया दिनुहोस्