images
images
  • नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने हेतुले आगामी पुस ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।

    मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अतिरिक्त सचिव डा टङ्क बारकोटीले स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासी नेपालीहरूको संयोजन गर्ने सम्मेलनको उद्देश्य रहेको जानकारी दिए ।

    सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।

    प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालासँग आपसी सिकाइ र दीर्घकालीन रणनीति निर्माणमा सम्मेलन कोशेढुङ्गा सावित हुने मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा बताए ।

    डिजिटल उपकरण र प्रविधिको प्रयोगले स्वास्थ्य सेवामा ल्याउनसक्ने सुधार र प्रभावबारे पहिचान तथा प्रवासी समुदायसँगको साझेदारी सुदृढ गर्न नीतिगत ढाँचाहरूबारे सम्मेलनमा छलफल गरिने जनाइएको छ ।

    मन्त्रालयले अनुसन्धान, शिक्षा र स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन अघि बढाउन अनुसन्धान र शैक्षिक पहललाई प्रोत्साहन गर्ने तथा सबै स्वास्थ्यकर्मी, अनुसन्धनाकर्ता संस्थाहरू र विश्वका ९० भन्दाबढी मुलुकमा रहेका स्वास्थ्यसम्बन्धी विषयमा क्रियाशील प्रवासी नेपालीको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै