काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले बोलेको भाषणहरूको पूर्णपाठ मागेको छ ।
अदालतले रास्वपाका नेता र सांसदहरूले सार्वजनिक रूपमा गरेका भाषणहरूको क्लिपसहितका विवरण पेस गर्न आदेश दिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनलाई गम्भीर रूपमा लिँदै अदालतले यस्तो आदेश दिएको हो ।
न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधवार आदेश गर्दै निवेदकलाई सम्पूर्ण कागजातहरू पेस गर्न भनेको छ । सर्वोच्चले भिडियोमा भनिएका कुरा उतार गरेर समेत पेस गर्न आदेश दिएको हो ।
रास्वपाका नेताहरूले सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेका थिए । उनीहरूले आन्दोलनका क्रममा अदालतको अपमान हुने गरी चर्को भाषण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्