images
images
  • ४ सहायक सिडिओ सहित १२ उपसचिवको सरुवा [सूची सहित]

    काठमाडौं । गृह मन्त्रालयले १२ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ४ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित मन्त्रालय अन्तर्गत कार्यरत १२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

    सार्वजनिक सूची अनुसार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको मन्त्रालयमा सरुवा भएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेको कारागार कार्यालय झुम्का, सुनसरीमा सरुवा भएको छ ।

    त्यस्तै, गृह मन्त्रालयका उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मन्त्रालयका उपसचिव खगेन्द्र सुवेदीलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

    यस्तै मन्त्रालयका उपसचिव चूडामणि शर्मालाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

    हेर्नुहोस् सरुवा सूची

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै