images
images
  • पूर्व मन्त्री अधिकारीमाथि मुद्धा नचल्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । कोशी प्रदेशका पूर्व कानून मन्त्री लिलाबल्लभ अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गरेको मुद्धा नचल्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी आज सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

    जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारी गत सोमबार जिल्ला सरकाररुी वकिल कार्यालय काठमाडौंको निर्णय पछि थुनामुक्त भएका थिए ।

    उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

    एमाले प्रदेश सांसद अधिकारी गत कार्तिक २५ गते पक्राउपरेका थिए । जापान जाँदा नक्कली कागजात बनाएर मन्त्रालयसँग असम्बन्धित मान्छे लगेको उनीमाथि आरोप लागेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै