अस्ट्रेलिया । बचन न्यूजका सम्पादक तथा प्रकाशक केदार रायमाझी लिभिङ फर अदर अवार्डबाट शनिवार सम्मानित हुने भएका छन् ।
समाजमा सकरात्मक प्रभाव पार्दै अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइँमा पुर्याएको भन्दै युनिभर्सल पिस फेडेरेसनले रायमाझीलाई सम्मान गर्ने भएको हो ।
ग्लोबल गस्पेल मिनिस्ट्रीद्वारा परामर्श, राहत, र विभिन्न सामाजिक सेवाहरू संचालन गर्दै समाजमा प्रेरणादायी प्रभाव पुर्याउँदै आएका रायमाझीको नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा निस्वार्थ सेवाको उदाहरण बनेको छ। २०१८ मा अष्ट्रेलिया आएपछि पनि उनले नेपाली समुदाय र अन्य समुदायहरूबीच समानुभूतिको पुल निर्माण गर्न सफल भएका छन्।
वचन न्यूजका सम्पादक तथा प्रकाशकको भूमिकामा रहेर नेपाली पत्रकारितामा समेत योगदान दिँदै आएका उनी सिड्नीको गस्पेल नेपाली चर्चका प्रमुख पाष्टरका रूपमा समेत धार्मिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
‘केदार रायमाझीले अरूका लागि बाँच्ने संस्कृतिलाई नयाँ उचाइमा पुर्याएका छन्। उनको योगदानले समाजमा सकारात्मक प्रभाव पारेको छ। उनीजस्ता समर्पित व्यक्तिलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’ आयोजक संस्थाका एक प्रतिनिधिले भने ।
रायमाझीलाई प्रदान गरिने यस सम्मानले नेपाली समुदायभित्र समाजसेवाको महत्व र त्यसप्रतिको प्रतिबद्धतालाई थप उर्जा दिने विश्वास गरिएको छ। ‘अरूका लागि बाँच्ने’ विचारधाराले समाजलाई नैतिक उत्तरदायित्वप्रति सचेत बनाउँदै सेवाभावलाई प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्