काठमाडौ । जिल्ला अदालत काठमाडौंले जापानमा मानव तस्करी प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
कोशी प्रदेशका पूर्व कानून मन्त्री लीलाबल्लभ अधिकारी जोडिएको यस मुद्धामा पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरेको हो।
जनक राई, दावा शेर्पा र कञ्चन देवकोटा ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । नवीन राई र बुद्धि राई साधारण तारेखमा रिहा भएका छन् । उनीहरूमाथि मानव तस्करी तथा लिखत सम्बन्धी कसुर गरेको आरोप लागेको थियो ।
पुर्व मन्त्री अधिकारी गत कार्तिक २५ गते पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीमाथि मुद्धा नचल्ने निर्णय गरेपछि उनी रिहा भएका थिए ।
अधिकारीलाई रिहा गर्नेृ जिल्ला सरकारी वकिल कार्यालयको निर्णय विरुद्ध आज मात्रै सर्वोच्च अदालतमा रिट समेत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्