images
images
  • ३७ स्थानीय तहको नतिजा सार्वजनिक,कुन पार्टीको ‘पोजिसन’ के ? [सूचीसहित]

    काठमाडौं । मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ ।

    आइतबार सम्पन्न देशभरका ४१ स्थानीय तहको निर्वाचनमध्ये ३७ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ ।

    ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमश नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका थिए ।

    यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए ।

    चा वटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको मतपरिणाम आउन बाँकी छ ।

    यी स्थानमा मतगणना जारी रहेको छ । यस्तै उदयपुरको वेलका नगरपालिका वडा नम्बर ९ को मतगणना भने स्थगित भएको छ । सदर-बदर मतबारे दलहरूबिच विवाद भएपछि मतगणना स्थगित भएको हो ।

    सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार  जनता समाजवादी पार्टी नेपालले दुई स्थानमा जीत निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको १६ नम्बर वडामा जीत निकाल्न सफल भएको छ ।

    त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टी पनि एक ठाउँमा विजयी भएको छ । नेपाल मजदुर किसान पार्टीले पनि एक ठाउँमा जित निकाल्दा स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजयी भएको छ ।

    • कांग्रेसबाट निर्वाचित (१६ स्थान) 

    -प्रकाश चन्द, भीमदत्त नगरपालिका–६ कञ्चनपुर
    -इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
    -राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
    -अर्जुनप्रसाद तिवारी, हेटौंडा–१२, मकवानपुर
    -आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट–१
    -भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४ रोल्पा
    -अमिन थारु, ठाकुरबाबा नगरपालिका–४ बर्दिया
    -खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७ जाजरकोट
    -मोतिराम खत्री, सानीभेरी गाउँपालिका–५ रुकुमपश्चिम
    -नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८ तेह्रथुम
    -तेतर साहु, गढी गाउँपालिका–६ सुनसरी
    -शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७ रौतहट
    -समसे आलम, राजपुर नगरपालिका–६ रौतहट
    -धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४ बझाङ
    -मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६ डोटी
    -धनसिंह कुँवर, दुहुँ गाउँपालिका–५ दार्चुला

    • नेकपा माओवादी केन्द्रबाट निर्वाचित (८ स्थान)

    -नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका–१२ उदयपुर
    -सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१ धनुषा
    -कृष्ण घिमिरे, ककनी गाउँपालिका–२ नुवाकोट
    -विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५ गोरखा
    -नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
    -नरपुरा बुढा,पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष,रुकुमपूर्व
    -देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
    -नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा

    • नेकपा एमालेबाट निर्वाचित (७ स्थान)

    -सकिबुल खाँ, रामगोपालपुर नगरपालिका–२ महोत्तरी
    -मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१ कपिलवस्तु
    -लालबहादुर शाही, दुल्लु नगरपालिका–१३ दैलेख
    -गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका- ५,ओखलढुंगा
    -सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष,बाजुरा
    -कुमारी सावादेन, सिरिजंघा–३ ताप्लेजुङ
    -जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख

    • जसपा नेपालबाट निर्वाचित (२ स्थान)

    -धीरेन्द्रकुमार साह, डाक्नेश्वरी–१, सप्तरी
    -देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी–४, सप्तरी

    • राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित (१ स्थान)

    -रोजिना श्रेष्ठ, काठमाडौं–१६

    • नेकपा एकीकृत समाजवादीबाट निर्वाचित (१ स्थान)

    -बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका–८ रौतहट

    • नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित (१ स्थान)

    -खड्गराज शाही, तिलागुफा नगरपालिका–४ कालिकोट

    • स्वतन्त्र निर्वाचित (१ स्थान)

    -लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका–६ झापा

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै