images
images
  • कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी

    काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् ।

    आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डंगोल ५ हजार ३३४ मतसहित विजयी भएका हुन् । दोस्रो भएका माओवादी उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५५ मत प्राप्त गरेका छन् ।

    २०७९ काे निर्वाचनमा दोस्रो भएको एमाले उपनिर्वाचनमा भने तेस्रो स्थानमा खुम्चिएको छ । एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत मात्र प्राप्त गरे ।

    धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले समर्थन गरेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै