रातोपाटीन्यूज, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित अति दुर्गम घोर्थली गाउँमा बर्थिङ सेन्टरसहितको सुबिधासम्पन्न स्वास्थ्य चौकी निर्माण भएको छ । उक्त स्वास्थ्य चौकीको पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ ।
नेपाल सरकारको ३८ लाख ८६ हजार रुपियाँ अनुदानमा सुबिधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि दुर्गमगाउँ घोर्थली, बाह्रबिसे नगरपालिका–१ र आसपासका हजारौं स्थानीयले सेवा पाउने त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो । तत्कालीन स्वास्थ्य मन्त्री हुदाँ बस्नेतले घोर्थलीसहित सिन्धुपाल्चोकका ३९ वटा स्वास्थ्य चौकीका लागि १५ करोड १५ लाख ५४ हजार बढी बजेट उपलब्ध गराउनु भएको थियो ।
उक्त स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर संचालनमा ल्याइएको छ । गर्भवती र प्रसुती ब्यथाले च्याप्दा चारघण्टा बढी समय लगाएर बाह्रबिसे नगर अस्पताल, धुलिखेल अस्पताल धाउनु पर्ने समस्या हटेको सो वडाका अध्यक्ष सिताराम थापाले बताउनु भएको छ । सामान्य बिरामी पर्दा समेत धेरै खर्च र समय लगाएर टाढाका अस्पताल धाउनु पर्ने बाध्यता हटेपछि स्थानीयहरुमा खुशी पलाएको अध्यक्ष थापाले बताउनु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको ‘त्रिपुरा उद्घाटन सप्ताह २०८१’ अन्र्तगत त्रिपुरासुन्दरी गाउँपालिका–१ घोर्थली र बाह्रबिसे नगरपालिका–२ जोड्ने हाँडीखोलामा निर्मित हाँडीखोला पुलको पनि प्रमुख अतिथि समेत रहनुभएका बस्नेतले उद्घाटन गर्नु भएको छ । अध्यक्ष बोहराकानुसार त्रिपुरासुन्दरी गापाले नेपाल सरकार र बिभिन्न निकायबाट सम्पन्न बिकास, निर्माण, गापा भवन लगायतको साताब्यापी उद्घाटन कार्यक्रम आजबाट सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्