काठमाडाैं । दक्षिण कोरियाका विपक्षी दलहरूले बुधवार राष्ट्रपति युन सुक–योललाई महाभियोग प्रश्ताव पेश गरेका छन् । दक्षिण कोरियाका रक्षामन्त्रीले नागरिकहरूसँग माफी माग्दै राष्ट्रपति युन सुक–योललाई राजीनामा बुझाएको बताएका छन् ।
मंगलबार राति आपतकालीन मार्सल कानून घोषणा गरेको र राष्ट्रिय सभाले मार्सल कानूनको बिरूद्ध मतदान गरेपछि बुधवार महाअभियोग प्रश्ताव पेश गरिएको हो । मुख्य उदार विपक्षी डेमोक्रेटिक पार्टी र अन्य पाँच साना विपक्षी दलका जम्मा १९१ सांसदले युनलाई पदबाट हटाउने प्रश्ताव राखेका थिए । विपक्षी दलहरूले प्रश्तावलाई बिहीवार पूर्ण बैठकमा राख्ने र शुक्रवार र शनिवारको बीचमा मतदान गर्ने योजना बनाएका छन् ।
कानूनअनुसार ३०० सदस्यीय एक सदनात्मक संसदले महाअभियोग प्रश्तावलाई पूर्ण सत्रमा प्रश्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संविधानले महाभियोग प्रश्ताव बहुमत सांसदबाट प्रारम्भ गर्नुपर्ने र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको छ । यदि प्रश्ताव २ सय भन्दा बढी सांसदहरूबाट महाभियोगको पक्षमा मतदानको साथ संसदबाट पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्