images
images
  • सञ्चारकर्मीलाई धम्की दिएका साम्पाङविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न मानेन

    सुनसरी– सञ्चारकर्मीलाई धम्क्याएका धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ। तर प्रहरीले भने उजुरी दर्ता गर्न नमानेको हो।

    उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो।

    पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन्।

    दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए।

    उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए।उनको अभिव्यक्तिले आफूहरू असुरक्षित भएको भन्दै पत्रकारहरूले सुरक्षाको माग समेत गरेका छन्।

    साम्पाङले तथानाम गाली गलौज र अपशब्द प्रयोग गरी चोर फटाहा, तेरो पत्रकारिताको अन्त्य गर्छु तँ मुलाको यसरी बेईज्जेत गर्छु की शिर ठाडो पारेर नेपालमा हिँड्न नसक्ने पारिदिन्छु भनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका थिए।

    समाचार लेखेका पत्रकारलाई चिया पसलमा हाजिर हुन धम्की दिएका साम्पाङले बिहीबार पत्रकार सम्मेलन गरेर अदालतलाई समेत चुनौती दिएका छन्। मेयर साम्पाङले तिहार छेका बेलायत भ्रमणमा जाँदा वडाध्यक्षलाई कार्यवाहक दिएका थिए।

    उनले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उपमेयर आइन्द्र विक्रम बेघा उच्च अदालत रिट लिएर गएका थिए। बेघाको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै