images
images
  • रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने घटनाको अनुसन्धान शुरु

    काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई कारागारमा दुर्व्यवहार भएको भन्ने घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेमाथि चितवनबाट कास्की राति लगिएको र दुर्व्यवहार गरिएको भन्दै सन्दर्भमा अनुसन्धान शुरु गरेको आयोगले जनाएको हो ।

    सो सम्बन्धमा सोमवार आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । सो बारेमा जानकारी दिँदै आयोगका सहसचिव डा.टिकाराम पोखरेलले आयोगले आयोगमा उजुरी पर्नुपूर्व नै कास्की प्रहरी र लामिछानेसँग सोधपुछ गरिसकेको बताए ।

    अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको र आवश्यक भए प्रमाण संकलन गरेर अनुसन्धान गर्ने बताए ।

    लामिछानेमाथि अमानवीय व्यवहार गरेको आलोचना भइरहँदा त्यसबारे छानबिन गर्न रास्वपाले मानवअधिकार आयोगमा उजुरी समेत दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै