images
images
  • जनताको रोजाइको पार्टी माओवादी मात्रै हो : अग्नि सापकोटा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकले स्थानीय तहको उपनिर्वाचनमा पार्टीले उत्साहजनक मत पाएको निस्कर्ष निकालेको छ ।

    शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जनताले एकचोटि फेरि माओवादी केन्द्रलाई साथ दिने मनशाय बनाएको सन्देश उपनिर्वाचनले दिएको निस्कर्ष निकालेको हो ।

    स्थायी समिति बेठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदका दुई ठूला दल काँग्रेस र एमाले मिलेर जाने सोचलाई उपनिर्वाचनले खण्डित पारेको बताए ।

    उनले भने– ‘उपनिर्वाचनको परिणामले उत्साहको वातावरण सिर्जना गरेको छ । त्यस्तै काँग्रेस र एमाले मिलेर दुई दल एकातिर जाने सोच बनाएका थिए त्यो सोचलाई खण्डित गरेको छ । र अहिले काँग्रेस र एमालेको दुई तिहाईको सरकारले जसरि जनताको हितविपरित काम गरिरहेको छ ।’

    बैठकले पार्टीका तर्फबाट भएका कमिकमजोरहिरुको समिक्षा गर्ने र जनताको हितमा समर्पित हुँदै जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने निर्णय समेत गरेको सापकोटाले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै