images
images
  • बिरामी बोकेको जिप पल्टिँदा तीन जनाको मृत्यु

    काठमाडौं । बुटवलको तिनाउ पुलमा बलेरो जिप तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप अनियन्त्रित भई पल्टिँदा चालकसहित दम्पतीको मृत्यु भएको हो ।

    दुर्घटनामा परी बुटवल-१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको लाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनकाअनुसार गौरी खनाललाई दमको उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।

    पुल पार गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको उनले जानकारी दिएका छन् । मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै