images
images
  • त्रिविमा एकैपटक आठ डीन र तीन निर्देशक नियुक्त

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषदले एकै पटक आठ डीन नियुक्त गरेको छ । शनिबार सर्वसम्मति डीन नियुक्त गरिएको हो ।

    छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको हो । नियुक्ति पाएकाहरूलाई आज नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ ।

    को-को बने डिन ?

    • शिक्षाशास्त्र संकाय- प्रा‍.डा. बेदराज आचार्य
    • वन विज्ञान अध्ययन संस्थान- सहप्राध्यापक ठाकुर सिलवाल
    • चिकित्साशास्त्र अध्ययन संस्थान- प्रा‍.डा. मोहोनराज शर्मा
    • मानविकी तथा सामाजिकशास्त्र- प्रा‍.डा. द्विविनन्द ढकाल
    • व्यवस्थापन संकाय- प्रा‍.डा. महानन्द चालिसे
    • विज्ञान तथा प्रविधि अध्ययन संस्थान- प्रा‍.डा. शंकर खनाल
    • कृषि र पशुविज्ञान अध्ययन संस्थान- सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल
    • इन्जिनियरिङ अध्ययन संस्थान- प्रा‍.डा. सुशीलबहादुर बज्राचार्य

    तीन निर्देशक

    • शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशक डा. सहप्राध्यापक राजेन्द्र कुँवर
    • व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशक प्राडा मिनाराज भण्डारी
    • योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै