images
images
  • पत्रकार महासंघमा १३ महिलासहित ५२ जना निर्वाचित, कसले कति मत पाए ?

    काठमाडौं– नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिमा १३ जना महिलासहित ५२ जना निर्वाचित भएका छन् । यीमध्ये केही निर्विरोध भएका छन् । आइतबार राति प्रकाशित अन्तिम नतिजा अनुसार निर्मला शर्मा महासंघकी प्रथम महिला अध्यक्ष बनेकी छिन् ।

    पत्रकार महासंघको चुनावमा नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली कांग्रेस निकट प्रेस युनियनले आपसी गठबन्धन गरेका थिए । यसअनुरुप एमाले निकट शर्मा अध्यक्षमा निर्वाचित भइन् भने कांग्रेस निकट रामप्रसाद दाहाल महासंघमा निर्वाचित भए ।

    महासंघका निवर्तमान उपाध्यक्ष रमेश विष्ट बागी उम्मेदवारका रुपमा माओवादी निकट प्रेस संगठनको साथ लिएर चुनावी मैदानमा उत्रिएका थिए ।

    विष्टको प्यानल पराजित भए पनि कोषाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै माओवादी निकट रामकृष्ण अधिकारीले जितेका छन् । त्यस्तै धेरैवटा पदमा ‘बागी’ उम्मेदवारहरुले जितेका छन् । जस्तो– प्रदेश एशोसिएट सदस्यमा बागी उठेको भन्दै एमाले नेता पार्वत गुरुङको समेत खप्की खाएकी मनुका कुँवरले जित हासिल गरेकी छ ।

    को-को निर्वाचित भए ?

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै