images
images
  • त्रिभुवन विश्वविद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं – प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’, उनले भनेका छन् ।

    शारदाप्रसाद त्रितलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो । सो आयोगका प्रतिवेदन बुझेपछि ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

    ‘त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजी गरिने ओलीले उल्लेख गरे ।

    ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ, हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ’, ओलीले भने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै