images
images
  • आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

    काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

    अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक समस्याको न्यायोचित सम्बोधन गर्न आग्रह गरेको हो ।

    ‘आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूमा आयोग आग्रह गर्दछ’, आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आप्रवासी श्रमिकको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।’

    आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी श्रमिकहरुको योगदान भएपनि आप्रवासन व्यवस्थापनमा श्रमिकका परिवारले अनुभूत गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ ।

    ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

    आयोगले आप्रवासी नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरूका राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग द्विपक्षीय सम्झौता गरी उजुरी प्रेषण गर्दै आएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै