images
images
  • घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने उपप्रधानमन्त्री सिहंको प्रतिवद्धता

    काठमाडौं- शहरी विकासमन्त्री प्रकाशमान सिंहले घरजग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउने प्रतिबद्धता जनाएका छन् ।

    शहरी विकास मन्त्रालय सिंहदरबारमा शुक्रबार जग्गा आवास विकासमा देखिएका समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझदै मन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।

    कार्यदलको प्रतिवेदनमा भएका सुझावलाई मन्त्रालयको तर्फबाट कार्यान्वयनमा लाने मन्त्री सिंहले बताए ।

    उनले घर जग्गा तथा आवास क्षेत्रले नेपालको अर्थतन्त्रमा योगदान पुत्याएको भन्दै मन्त्रालयको तर्फबाट यसमा नितिहरु बनाउँदा थप ध्यान दिने बताए ।

    सरकार, निजी क्षेत्रको अन्तरक्रिया तथा व्यक्तिगत रुपमा कार्यदलले बुझाएको प्रतिवेदनले नेपालको घर जग्गा तथा आवासको कारोबारलाई उकास्न मद्दत पुग्ने उनले विश्वास जनाए ।

    मध्यम र निम्न वर्गका परिवारलाई पनि ‘हाउजिङ’ आवासमा समेटन् मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

    शहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलले जग्गा,आवास विकाससँग सम्बन्धित व्यवस्था अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याएर सुधारसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै