काठमाडौं । नेपालको सन्दर्भमा देशमै उद्यमशिलताका अवसर भएकोले युवाहरू रोजगारीको लागि विदेश जानू नपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले वातावरणमैत्री निर्माण सामाग्रीमा उद्यमशिलता विषयमा गरेको छलफल कार्यक्रमका वक्ताले रोजगारीको लागि भन्दै यूवाहरू विदेश नै भौतारिनु नपर्ने बताए ।
कार्यक्रममा युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले आफ्नो उद्यमशीलताको यात्राको बारेमा जानकारी गराउँदै आफ्नो अनुसन्धान, उत्पादका प्राविधिक पक्षहरू, र नवीन प्रविधिहरू अपनाउँदा आउने चुनौतीहरूकोबारेमा पार गरेको अनुभवबारे जानकारी दिए ।
कार्यक्रममा प्रस्तुतिपछि दोश्रो चरणमा एउटा रोचक अन्तरक्रियासमेत सम्पन्न भयो, जसमा इन्जिनियर दुवालले विद्यार्थीहरूको जिज्ञासालाई सम्बोधन गर्दै व्यावहारिक र महत्वपूर्ण उत्तर दिए ।
कार्यक्रममा नेपालमा ईको प्यानलको उपयोगिता र सम्भावनाहरुको लगायत हरित निर्माण सामाग्रीहरुको प्राविधिक पक्ष समेत प्रस्तुतीकरणमा राखिएको थियो ।
सत्रका मुख्य बुँदाहरूमा हरित निर्माण सामग्रीको सम्भावना र फाइदाहरू, परम्परागत अभ्यासमा नवीन प्रविधि समावेश गर्दा आउने चुनौतीहरू र समाधानहरू रहेका थिए ।
यस सत्रले उद्यमशील भूमिकामा करियर बनाउने चाहना राख्ने धेरै विद्यार्थीहरूलाई दिगो विकासको गतिशील क्षेत्रमा अघि बढ्न मार्गचित्र प्रदान गर्न प्रेरित गरेको छ ।
कार्यक्रमलाई सिभिल इन्जिनियरिङ विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओलीले सुमधुर बनाउन सहजीकरण गरेका थिए । कार्यक्रममा आयोजक कलेजका प्रिन्सिपल बिरोध रिजालले नियमित रुपमा प्रत्येक हप्ता बिहीबारको दिन विभिन्न प्रविधिका विषयमा छलफल र अन्तरक्रिया गर्दै आइरहेको जानकारी गराए ।
सिभिल इन्जिनियरहरूलाई आधुनिक सूचना प्रविधिको उपयोगले कसरी सक्षम बनाउन सक्छ भन्ने विषयमा महत्वपूर्ण सुझाव उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्