images
images
  • साग गोल्डमेडेलिस्ट काजल बनिन् अन्तर्राष्ट्रिय कोच

    सिन्धुपाल्चोक- साग गोल्डमेडेलिस्ट लिसंखुपाखर गाँउपालिका-५ जेठलकी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय कोच बनेकी छिन् ।

    सोमबार नेपाल तेक्वान्दो एशोसियसन ललितपुरमा एशिसियोसनका अध्यक्ष प्रकाश समशेर राणाबाट उनले अन्तर्राष्ट्रिय ‘कोच’को प्रमाणपत्र लिइन् ।

    ‘सम्पूर्ण प्रक्रिया र आवश्यक कोर्स सकेर मंसिर ५ मा अन्तर्राष्ट्रिय कोचको अनलाइनबाट परीक्षा दिएको थिए, यो मेरो लागि धेरै महत्त्वपूर्ण र कठिन परीक्षा थियो, फलस्वरूप पास भएको छु यसले धेरै खुशी थपेको छ,’ श्रेष्ठले भनिन् ।

    वर्ल्ड तेक्वान्दोद्वारा लिइने अन्तर्राष्ट्रिय कोच परीक्षा ३० मिनेेटभित्र सकिसक्नुपर्ने र अत्याधिक कठिन परीक्षणमध्ये एक मानिन्छ । सन् २०१९ को १३ औं सागमै तेक्वान्दोबाट नेपाललाई स्वर्ण पदक दिलाएकी उनले कक्षा ८ पढ्दादेखि उनले तेक्वान्दो खेल्न थालेकी थिइन् ।

    विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएकी काजल वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६ औं ‘इन्टरनेसनल ग्योरोगी रेफ्री सेमिनार’ मा भाग लिँदै ‘अन्तर्राष्ट्रिय रेफ्री कोर्स’ पनि गरिन् ।

    ‘यसबाट मेरो तेक्वान्दोप्रति सद्भाव र सम्मान झनै बढेको छ,’ श्रेष्ठले भनिन् । अझ केही समयअघि अस्ट्रेलियाको ब्रिजबेनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिन् ।

    यसअघि जापानको ओसाकामा भएको २०औं ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र थाइल्यान्डको बैंककमा सातौं हिरोज इन्टरनेसनल प्रतियोगितामा पनि उनी निर्णायक थिइन् ।

    गत जनवरी ९ मा दक्षिण कोरियाको मुजु सहरमा आयोजित अन्तर्राष्ट्रिय रेफ्री कोर्ससमेत गरिसकेकी उनले गत महिना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आयोजना गरेको वर्षको उत्कृष्ट तेक्वान्दो खेलको अवार्ड पनि उनले जितेकी थिइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै