images
images
  • लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा. निकोलस भुसाल पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    भुसालले लामिछानेलाई भेट्न कास्की प्रहरी कार्यालय पुगेका बेला सिसिटिभीमा देखिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन् । फेसबुकलाइभ मार्फत भुसालले भनेका थिए, ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यो बेला कसैले केही भनेन । गल्ती भएको स्विकार्छु ।’

    यस घटनाले सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको निर्देशन दिएका थिए । कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको यो कार्य साइबर कानुनको उल्लंघन भएको जनाएको छ । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने तयारी भइरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै