images
images
  • विश्वको लोकतन्त्रमाथि खतरा छ : डा. रामवरण यादव

    काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन् ।

    सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महसुस आफूले गरेको बताए । 

    उनले भने ‘संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ । सुन्दाखेरि नमिठो लाग्छ । अहिले पनि विश्वको लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकि लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’

    प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै