images
images
  • दयाहाङ राईः “विभिन्न समुदायको चरित्र निभाउन पाउनु मेरो सौभाग्य हो”

    अभिनेता दयाहाङ राईले विभिन्न समुदायका चरित्र निभाउन पाउनु आफ्नो लागि ठूलो सौभाग्यको कुरा भएको बताएका छन्। मंगलबार फिल्म ‘कार्साङ’ को गीत छायांकनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न ठाउँ, समुदाय, र मानिसहरूको कथामा काम गर्दा निकै आनन्द महसुस हुने बताए।

    थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायका चरित्र निभाइसकेका दयाहाङ अब पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’ मा शेर्पा समुदायको झाँक्रीको भूमिकामा देखिन लागेका छन्। दयाहाङले ‘कार्साङ’ लाई परिवारको सम्बन्धलाई केन्द्रमा राखेको कथा भनेका छन्। उनका अनुसार फिल्मको कथावस्तु दर्शकका लागि नयाँ र विशेष हुने विश्वास छ।

    फिल्ममा दयाहाङको जोडीका रूपमा अभिनेत्री सिर्जना निङलेख प्रस्तुत भएकी छिन्। पहिलो फिल्ममै दयाहाङसँग सहकार्य गर्न पाउँदा आफू निकै खुसी रहेको निङलेखले बताइन्।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै