काठमाडौ । चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शनका क्रममा हुने झडप र दुर्घटना रोक्न निर्माता, वितरक, प्रदर्शक र कलाकार आफैंले सुरक्षा व्यवस्था मिलाउनुपर्ने भनेको छ।
बोर्डका अध्यक्ष दिनेश डीसीले हालै भारत र नेपालमा भएका घटनालाई उद्धृत गर्दै यस्तो बताएका हुन्। उनका अनुसार, ‘पुष्पा २’ र ‘कबड्डी’ प्रदर्शनका क्रममा भएका घटनाले सुरक्षाको महत्त्वलाई झनै उजागर गरेको छ।
बोर्डले चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाहरूलाई पत्राचार गर्दै दर्शक र कलाकारबीच हुन सक्ने असहज परिस्थितिलाई रोक्न विशेष ध्यान दिन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्