images
images
  • `लेनाेभाे पार्टनर समिट नेपाल २०२४´ काठमाडौंमा सम्पन्न

    काठमाडौं । सूचना प्रविधिकाे भरपर्दो नामकाे रूपमा स्थापित लेनाेभाेले नेपालमा पहिलोपटक सम्मेलन आयाेजना गरेकाे छ  ।

    नेपालीहरूका लागि सूचना प्रविधि विस्तार गरि अघि बढिरहेको साे आईटी कम्पनीले नेपालमा पहिलोपटक `लेनाेभाे पार्टनर समिट नेपाल २०२४´ काठमाडौंमा गरेकाे हाे ।

    लेनाेभाे कम्पनीको आधिकारिक विक्रेता नागमणि इन्टरनेशनलकाे समन्वयमा भएकाे साे कार्यक्रममा बढ्दो सूचना प्रविधिकाे प्रयाेग र त्यसका लागि लेनाेभाेले पुर्याइरहेकाे याेगदानकाे चर्चा गरेका थिए । साे सम्मेलनमा लेनाेभाे नेपालका एसिस्टेन्ट तनवीर इकवालले थिङ्क प्याड इन्जिनियरिङ, ओभरसिज बिजनेसका जनरल म्यानेजर नवीन केजरीवाल र क्याटागाेरी म्यानेजर सुनिल मिरले लेनाेभाेका उत्पादनलाई नेपालकाे पहिलाे ब्रान्ड बनाउने लक्ष्य सार्वजनिक गरे ।

    साे अवसरमा पराेल खनालले निर्माण गरेकाे लेनाेवीर नामक आइकनसहितकाे टिसर्टहरू समेत सार्वजनिक गरिएकाे थियाे । कार्यक्रममा स्टार पर्फर्मर अवार्ड, गाेल्ड पार्टनर अवार्ड, डायमण्ड पार्टनर र प्लाटिनम पार्टनर अवार्डले विभिन्न व्यवसायीलाई सम्मान गरिएकाे आयाेजकले जनाएकाे छ ।

    कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले नेपालमा भएको साे सम्मेलनले लेनाेभाेका सेवाग्राही तथा बिक्रेता लाभान्वित भएकाे बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै