images
images
  • भीम रावल साधारण सदस्य समेत नरहने गरि एमालेबाट निस्कासित

    काठमाडौं । नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको सचिवालय बैठकले नेता रावललाई साधारण सदस्य समेत नरहने गरि निस्कासित गरेको हो ।

    पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो । व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई पार्टीबाट हटाइएको हो ।

    उपमहासचिव प्रदीप ज्ञवालीले रावलले निरन्तर पार्टी हित विपरीत अभिव्यक्ति दिँदै आएको र स्पष्टीकरण सोध्दा पनि चित्त बुझ्दो जवाफ नदिएपछि पार्टीबाट हटाइएको जानकारी दिए । यस्तै नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ । उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै