images
images
  • ४१ देशका लागि संसदीय मैत्री समूह गठन

    काठमाडौं– संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ ।

    बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका थिए । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिए ।

    उनले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गरे । संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै उनले अब सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिए ।

    सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने बताए ।

    उनले संघीय संसद्का १६ वटा संसदीय समूहलाई व्यवस्थित गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थित गर्ने कुरा सम्भव नरहेको बताए ।

    नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा बिराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै