images
images
  • कम्युनिस्ट सरकार नै भ्रष्टाचारबाट माथि नउठ्दा जनताले प्रश्न उठाए : जनार्दन शर्मा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको सत्तामोहप्रति गम्भीर प्रश्न उठाएका छन् ।

    १३२ औँ माओ दिवसका अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालद्वारा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उनले पार्टीको हालको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हुा् ।

    शर्माले भ्रष्टाचारका कारण पार्टीको छवि धमिलिएको बताउँदै भने, ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीहरूले भ्रष्टाचारको दलदलबाट माथि उठ्न नसक्दा जनताले गम्भीर प्रश्न गरेका छन् । अब वैचारिक र राजनीतिक पुनर्गठनको समय आएको छ ।’

    उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट पाठ सिक्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले दलाल पुँजीवाद र नोकरशाहीविरुद्धको संघर्षलाई पुनर्स्थापित गर्नुपर्ने बताउँदै, नेपालको वर्तमान राजनीतिक अवस्था ‘न हास, न बकुल्लाको चाल’ जस्तो भएको टिप्पणी गरे ।

    उनले अबको कम्युनिस्ट आन्दोलनले सत्ताको खेलभन्दा पर गइर जनताको जीवनस्तर सुधार्न ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे । ‘सत्ताको लागि झिनाझम्टिमा अल्झिरहने हो कि जनजीविकाका मुद्दा समाधान गर्दै अगाडि बढ्ने ?’ शर्माको प्रश्न थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै