images
images
  • एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

    काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

    आजियाटाले स्पेक्ट्रलाइट (युके) लिमिटेडसँग गरेको ८० प्रतिशत सेयर खरीद–बिक्री सम्झौता रद्द गर्न अन्तरिम आदेशको माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    उक्त रिटमाथिको सुनुवाइ गर्दै विहीबार अदालतले एनसेलमाथि प्रभावकारी नियमनका लागि प्राधिकरणका नाममा निर्देशनात्मक आदेश दिएको हो ।

    एनसेलको सेयर खरीदबिक्री सम्झौतालाई प्राधिकरणले यसअघि नै नियमविपरीत भएको भन्दै पत्रचार गरिसकेको हुनाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने भन्दै सर्वोच्चले निवेदकको मागवमोजिमको आदेश जारी गरिरहनु नपर्ने र रिट निवेदन खारेज हुने ठहर गरेको छ ।

    तर, विदेशी लगानीबाट सञ्चालित कम्पनीहरुको सञ्चालन र नियमनमा स्पष्टता तथा प्रभावकारिता अभिवृद्धिका लागि सम्बन्धित पक्षलाई केही निर्देशनहरु समेत जारी गर्न इजलासले आवश्यक देखेको सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ ।

    हेर्नुहोस् अदालतको संक्षिप्त आदेश–

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै