काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको शुक्रवार सरुवा गरेको छ । परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।
न्याय परिषद् बैठकले उनीहरुको सरुवा तथा काज सिफारिस गरेको हो । बैठकले विशेष अदालतमा रहेका न्यायाधीश खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरेको छ भने उनको स्थानमा विदुर कोइरालालाई ल्याइएको छ ।
यस्तै उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत हरिप्रसाद भण्डारीको उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्